'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २४४ वटा लेख समाहित छन् !

Thursday, 30 October 2025

ग्रामीण विकास

 



 विषयक्रम भाग -१


ग्रामीण विकास



***************************************************

थप शिर्षकहरु


आध्यात्मिक साहित्यः मौन साधनाको महाशक्ति

 लालीगुरांश (डासिर्जना भण्डारी)

 #आध्यात्मिक_साहित्य #जीवन_दर्शन

निस्प्रयास मौन अन्तर्गत बाँकी शिर्षकहरु
 


(३) मौनका आयामः प्रयास मौन र निस्प्रयास मौन 

(क) प्रयास तथा वाहिय मौन

(ख) निस्प्रयास तथा आन्तरिक मौन

प्रयास मौन नै निस्प्रयास मौनको पृष्ठभूमि  

वाहिय मौनको तुलनामा आन्तरिक मौन मुस्किल हुन्छ

निस्प्रयास मौन घटित हुने सामान्य र विशेष अवस्था

मौनको शुन्यता नै पूर्णता हो

निस्प्रयास मौनका दिव्य उपलव्धिका अद्भूत चरणहरु

जीवनमा आएका दुःखहरु मौनकालागि हुन्

जीवनका सबै सवालहरुको जवाफ मौनमा भेटिन्छन्

अहंकार र निस्प्रयास प्रयास मौनको वास्तविकता



आध्यात्मिक दृष्टिकोणमा प्रयास र निस्प्रयास मौन

सांसारिक दृष्टिकोणमा मनुष्यको वाणीलाई चुप लगाउनु तथा शरीरका हाउभाउहरुलाई स्थिर राख्नुलाई मौनको अवस्था भन्ने अर्थ लगाइन्छ तर आध्यात्मिक दृष्टिकोणमा मौन चुपचाप केही नगरेर निष्क्रिय रहने तथा स्थिर रहने अभ्यास विलकुल होइन, मौन अत्यन्तै सशक्त कर्म र आध्यात्मिक साधना विधि हो जसले जीवन र जगतलाई प्रत्यक्ष प्रभाव पार्दछ । सिद्ध पुरुषहरुको आप्त वाणीहरुमा बारबार भनिएको छ कि मौन शव्द, विचार, भावनाहरुको अनुपस्थिति मात्र होइन, साधकको अन्तरहृदयमा आत्मा र परमात्माको सशक्त उपस्थिति हो । यसकारण मौनको गहिराइ र विराटता केवल शव्द तथा वचनले आँक्न सकिदैन किनकी मौनले साधकको जीवनमा सांसारिक जीवनमा अभूतपूर्व सकारात्मक रुपान्तरण ल्याएर, आत्मा अर्थात चेतनाको विकास गरेर साधकलाई आध्यात्मिक मार्गउन्मुख गराइदिन्छ । अध्यात्म दया, करुणा, प्रेम, सेवा, परोपकार, श्रद्धा, समर्पण, परोपकार तथा समग्रमा भन्नुपर्दा भक्तिको मार्ग हो । प्रयास तथा निस्प्रयास मौन पनि भक्तिकै मार्ग हुन् जसमा मनुष्यले आफूलाई सात्विक भावमा राखेर परोपकारदेखि परमात्मासम्म को यात्रातर्फ अगाडि बढाइरहेको हुन्छ । प्रयास मौन नै निस्प्रयास मौनको प्रारम्भिक विन्दु तथा पहिलो सिढि हो । जव साधक प्रयास मौन हुदै निस्प्रयास मौनको माध्यमबाट पूर्ण तथा वास्तविक निस्प्रयास मौनमा उत्रिन्छ तव उभित्र उसको आत्माको उपस्थितिको वोध हुन्छ र उसको बुझाइमा आफू हुनुको अनुभूतिमा अत्यन्तै गहन जागरुकता र जागरुकतामा तिब्रता आउन थाल्छ । मौनमा आत्माको उपस्थितिको वोध र जागरुकतानै परमात्माको आव्हान हो । 



साधकमा परमात्माप्रति जति बढि प्रेम, श्रद्धा, भक्ति, आस्था, विश्वास, समर्पण उतिनै मौन साधनाको यात्रा सहज र परिणाममुखी हुन्छ र मौन साधनाका क्रममा साधकलाई चरणवद्ध रुपमा परमात्माका परालौकिक रहस्यपूर्ण र चमत्कारिक दिव्यताहरु अनुभव तथा अनुभूतिमा आउछन् र अभुतपूर्व उपलब्धिहरु हासिल हुदै जान्छन् किनकी मौन स्वयं परमात्मा हो; जहाँ ‘म’ को भाव सकिन्छ; ‘म’ पग्लिएर केवल शुन्य बाँकी रहन्छ; मौन शुन्य हो, शुन्यमै परमात्माको पदार्पण हुन्छ र मौन शुन्यबाट पुर्ण बन्छ । यसर्थ मौन परमात्माको वास्तविक वासस्थान हो, परमात्मा नै मौन, मौन नै परमात्मा हो । निस्प्रयास मौनमा आत्मा बोल्न थाल्छ र परमात्मा पनि मौनमै अवतरित हुन्छ र यसपश्चात आत्मा र परमात्मा विचको अलौकिक संवाद प्रारम्भ हुन्छ । मौनमा मात्र आत्मा र परमात्माको संवाद हुन्छ र यस्तो दिव्य संवाद साधकको अन्तरहृदयमा गुञ्जिन्छ जो केवल मौनका अनुभव तथा अनुभूतिहरु मार्फत ज्ञातमा आउछ, सामान्य अवस्थामा आउदैन । निस्प्रयास मौनमा प्रकट हुने यसप्रकारका परालौकिक दिव्य अनुभूतिहरु इन्द्रियातीत, मनातीत, भावातीत हुने हुनाले शव्द, इशारा तथा हाउभाउबाट अरु समक्ष व्यक्त गर्न तथा बुझाउन सकिदैन । युग ऋषि ओशो रजनीशले भन्नु भएको छ, मौनको शुन्यताबाट आएका अनुभव तथा अनुभूतिहरुमा परमात्माको रहस्य, चमत्कार, परमसत्य, ओजसता, प्राकाणिकता, शितलता, अमृतको नशा, अलौकिकता, दिव्यता, परमखुशी, परमशान्ति, परमआनन्द प्रष्फुटन हुने हुनाले यस्ता परम अवस्थाहरु सामान्य मनुष्यहरुको बुझाइमा आउन सक्दैन र यलाई उसले ढोंग र अन्धविश्वासको श्रेणीमा राखेर आफू सांसाररिक भोगको नशामा चुर रहन्छ ।


विरक्तता र वैराग्यता नै निस्प्रयास मौनको मुल श्रोत 

नियमित योगीक साधना गर्ने योगी तथा सन्त चेतनाहरुले आ–आफ्ना अनुभव तथा अनुभूतिहरुका आधारमा मनुष्यको जीवनमा निस्प्रयास मौन घटित हुने तीनवटा प्रमुख श्रोत तथा अवस्थाहरु रहेको उजागर गरेका छन्– (१)दैनिकीबाट विरक्तता, (२)जीवनबाट वैराग्ता, र (३)अध्यात्मको प्यास । यसअनुसार मनुष्यको जीवनमा यिनै तीनवटा अवस्थाहरुमा क्षण्कि तथा चिरस्थाइ निस्प्रयास मौन घटित हुन्छ– पहिलो, जीवनयापनका क्रममा गरिने दैनिकीको विरक्तताबाट सांसारिक जीवनमा क्षणिक निस्प्रयास मौन घटित हुन्छ; दोस्रो, समग्र जीवनप्रतिको वैराग्यताबाट मनुष्यको मन तथा भावमा अलि गहन निस्प्रयास मौन घटित हुन्छ; र तेस्रो, आफू हुनुको तथा आफ्नो अस्तित्वको खोज, अरुको सहअस्तित्वको स्वीकार्यता तथा अध्यात्मको प्यासबाट सांसारिक र पारमार्थिक तथा आध्यात्मिक जीवनमा दिव्य उपलव्धि हासिल हुने तथा गराउने गरि चिरस्थाइ निस्प्रयाश मौन घटित हुन्छ । हरेक मानिसको जीवनमा कुनै जन्ममा, कुनैदिन, कुनै क्षण त्यस्तो समय आउछ जुन अवस्थामा उ आफ्ना दैनिक जीवनयापनका गतिविधिहरु– बोलि, प्रतिक्रिया, व्यवहार, धन, सम्पत्ति, पद, प्रतिष्ठा, सम्वन्ध, सुख, सुविधा, अपेक्षा, तृष्णाहरुबाट थाक्छ र यी सबै गतिविधिहरुप्रति उसको भित्रबाट विरक्तता जाग्छ । यो अवस्थामा उसले गहिरोसंग बुझ्छ कि सांसारिक भोगका कुनैपनि विषय तथा गतिविधिहरुमा वास्तविक तथा आन्तरिक सुख, खुशी, शान्ति, आनन्द रहेनछ, बरु अझ यी विषय तथा गतिविधिहरुले दुःख, पिडा, अशान्ति, बोझ, कर्मबन्धन थप्ने रहेछन् भनेर र तव बल्ल उभित्र स्वस्फुर्त क्षणिक निस्प्रयास मौन घटित हुन्छ । क्षणिक मौन घटित भएपश्चात उसले विस्तारै संसारका वस्तु, विषय, सेवा, सुविधा, सम्वन्धहरुबाट अनावश्यक निकटता तोड्दै आवश्यक दुरी बनाउदै लान्छ र इन्द्रियहरुको माध्यमबाट वाहिरी संसारको भोगविलामिा अरिएको आफ्नो चेतनालाई होसपूर्वक समेटेर आफूतिर फर्काउछ र अन्तरयात्रा गर्न प्रारम्भ गर्दछ । जीवनका भोगाइहरुप्रतिको दिक्दारीपन तथा नैराश्यताले ल्याएको विरक्तताका कारण घटित भएको क्षणिक निस्प्रयास मौनले विस्तारै मनुष्यलाई आशा र आस्थातिर फर्काउदै आफूभित्रै डुबाउदै लान्छ र वाहिरी संसारप्रति विरक्तिएको यही अवस्था नै वैराग्यता तथा वितरागको अवस्थामा रुपान्तरण हुन्छ । यसप्रकारको रुपान्तरणको अवस्थामा मनुष्यले सबै अवस्थाहरुलाई सकारात्मक रुपमा लिन्छ; आफूलाई सहज, सरल बनाउछ; साधा जीवन उच्च विचार आत्मसाथ गर्छ; सबैको सहअस्तित्व, प्रेम, सेवा, परोपकार, सर्वकल्याणका सकारात्मक गतिविधिहरुले आफूलाई आध्यात्मिक मार्गमा अगाडि बढाउदै लान्छ; उभित्र अध्यात्मप्रतिको आस्था र प्यास बढ्दै जान्छ जसले उसलाई साधनाबाट सिद्धितिरको मार्गमा अग्रसर गराउदछ । यस्तो अवस्थामा उभित्र स्वस्फुर्त घटित भएको निस्प्रयास मौन चिरस्थाइ भएर रहन्छ र उ सदाकालागि सांसारिक जीवनका अर्थहिन गतिविधिहरुबाट पूर्णतः अलग भएर भक्ति र समर्पणको जीवनयापनमा रमाउछ ।


विरक्तता हुदै वैराग्यता र अध्यात्मको प्यास तथा खोजका लागि साधनाको प्रारम्भिक चरणमा मनुष्यले अरुका अर्ति, उपदेश, प्रवचन, सिद्धान्त तथा सतसंगबाट आफूलाई योग तथा ध्यान साधनामा प्रवेश गराउदै विस्तारै आफू स्वयंले व्यवहारिक रुपमा पूर्ण साक्षी भावमा रहने अभ्यास गरेर ध्यान तथा मौन साधनाको गहिराइमा क्रमशः आफू स्वयंले अनुभव तथा अनुभूति गर्दै जान्छ कि वाहिरको संसारमा आफूले खोजेको जीवनको वास्तविक लक्ष्य आन्तरिक खुशी, शान्ति, आनन्द रहेनछ, आफू भ्रममा रहेछु, वाहिर केहीपनि र कोहीपनि आफ्नो रहेनछ, आफ्नो सिर्फ आफु स्वयं मात्र रहेछ । तव उभित्र निस्प्रयास मौनकोलागि आवश्यक पृष्ठभूमि तयार हुदैजान्छ र यसप्रकारको सकारात्मक परिवर्तनले उसको आत्मा अर्थात चेतनाको विकास हुदै जानेक्रममा उभित्र निस्प्रयास मौन घटित हुन्छ । यसरी विरक्तता हुदै वैराग्यता र अध्यात्मको प्यास हुदै निस्प्रयास मौन घटित भएपश्चात आफूतिर फर्केको साधक फेरी कहिल्यै पनि संसारको भ्रमित भूलभुलैयातिर फर्कदैन, सदा मौनमै कायम रहन्छ, मौनमै रमाउछ र आध्यत्मिक मार्गमा निरन्तर अगाडि बढिरहन्छ । यस्तो साधक संसारमा रहन्छ, संसारका कार्य तथा गतिविधिहरु पनि गर्छ तर सदा तटस्थ रहेर, परमात्माप्रति समर्पित रहेर निस्काम भावले, करुणावस सर्वकल्याणका लागि, अरु र आफ्नो आनन्दकोलागि गर्ने गर्दछ र उसलाई कसैबाट धन, मान–प्रतिष्ठा, पद, ओहोदा केही प्राप्त गर्ने अपेक्षा हुदैन । 


निशव्द हुनु मौन होइन निर्विचार हुनु वास्तविक मौन हो

निशव्द हुनु भन्दा भित्रबाट मन विचार शुन्य तथा निर्विचार हुनु र विचारहरु आफ्नो नियन्त्रणमा रहनु निस्प्रयास मौनको वास्तविक अर्थ तथा परिभाषा हो । निस्प्रयास मौनको अवस्थामा मनुष्यको जीवनका सबै सवाल तथा प्रश्नहरु स्वतः टुंगिन्छन् र उभित्र विचार शुन्यता तथा निर्विचारको अवस्था घटित हुन्छ । विचार शुन्यता तथा निर्विचार अवस्था भनेको विचारहरु आफ्नो नियन्त्रणमा आउनु हो, आफूले चाहे अनुसारको विचार मनमा चलाउन सक्नु हो । सामान्य अवस्थामा मनुष्यको विचार अनियन्त्रित किसिमले तिब्र गतिमा चलिरहेका हुन्छन्, ज्यादातर विचारहरु आफैंलाई हानि गर्ने नकारात्मक प्रकृतिका हुन्छन् र उसले चाहेर पनि अनावश्क, अनियन्त्रित नकारात्मक विचारहरुलाई मन, मस्तिष्कबाट निकाल्न र आवश्यक विचार चलाउन सक्दैन र उसको मन, मस्तिष्कमा निरन्तर विचारहरुको कोलाहल मच्चिरहन्छ । यिनै कोलाहलपूर्ण नकारात्मक अनियन्त्रित अतिविचारहरु अनियन्त्रित शव्दका रुपमा बाणीबाट प्रष्फुटित भएर वाहिर संसारमा प्रसारित हुन्छन् र यिनले पहिला आफू स्वयंको जीवनमा र पछि अरुको जीवन, सम्वन्धहरुमा बिध्वन्स मच्चाउछन् । तर निस्प्रयास मौनमा अभ्यस्त भएर निर्विचार अवस्थामा स्थित भैसकेको साधकमा यस्ता अनावश्यक, अनियन्त्रित, नकारात्मक अति विचारहरु बन्द हुन्छन् र उ विचार शुन्यता तथा निर्विचारको अवस्थामा रहेको हुन्छ । निस्प्रयास मौनमा अभ्यस्त भएर विचार शुन्यता तथा निर्विचार अवस्थामा स्थित भैसकेपछि सांसारीक जीवनका दैनिकीहरुमा दोहोरो शव्द संवाद गरेपनि तथा कारोबार गरेपनि निर्विचार मौनको धारा कायम रहिरहन्छ, कुनैपनि अवस्थामा मौनको धारा टुट्दैन । सिद्ध साधकहरु शव्द तथा वाणीमा बोलेपनि उनीहरु हरपल मौनमै अर्थात विचार शुन्यता तथा निर्विचारको अवस्थामै रहेका हुन्छन् ।



निस्प्रयास मौनले आत्म साक्षाकार र परमात्मामा एकाकार गराउछ

वेदको सार श्रीमद् भगवद् गीतामा श्रीकृष्ण भगवानले भन्नु भएको छ, “मनुष्यको जीवनको सबैभन्दा पहिलो अनुशासन आफूलाई राम्ररी चिन्नु, बुझ्नु तथा जान्नु हो र जीवनको अन्तिम लक्ष्य आत्म साक्षातकार हुदै परमात्मामा एकाकार हुनु हो” । मनुष्यको जीवनमा यी दुई अलौकिक अवस्था केवल मौन साधनाको गहन अवस्थाबाट मात्र हासिल गर्न सम्भव हुनसक्छ । मौन साधनाको प्रारम्भिक चरणमा साधकले विभिन्न किसिमले वाहिरी संसारमा छरिएको आफ्नो चेतनालाई आफैंतिर फर्काएर आफुभित्रको अन्तरयात्राको माध्यमबाट क्रमिक रुपमा आफूले आफूलाई चिन्दै, बुझ्दै तथा जान्दै जान्छ र मौन साधना गहिरिदै गएको अवस्थामा उसको आत्मा अर्थात चेतनाको विकास हुदै जानेक्रममा उसलाई आत्म साक्षातकार तथा आत्मवोध घटित हुन्छ । आत्म साक्षातकार तथा आत्मवोध भएपछि आफू शरीर, मन, वुद्धि, अहंकार होइन, साक्षात परमात्मा तथा पुरुषको अभिन्न अंश हुँ भन्ने शाश्वत सत्यको प्रज्ञा साधकको अन्तरहृदयमा अन्तरज्ञानको रुपमा घटित हुन्छ । सबै सिद्ध आत्मा तथा चैतन्य चेतनाहरु निस्प्रयास मौन साधनाको माध्यमबाट नै सर्वप्रथम आफूले आफूलाई राम्ररी चिनेर, बुझेर, जानेर आत्म साक्षातकार तथा आत्मवोधको मार्ग हुदै परमात्मामा एकाकार तथा योगस्थ हुन सफल भएका हुन्छन् किनकी सनातन अध्यात्म विज्ञानको व्यवहारिक ज्ञान अनुसार आफू र आफ्नो मूल श्रोतलाई जान्ने र अन्ततः मूलश्रोतमा एकाकार हुने प्रमुख र एकमात्र मार्ग निस्प्रयास मौन अर्थात मनको विचार शुन्यता तथा निर्विचार अवस्था नै हो । मौन आफूभित्रको संसार हो, आफूलाई वाहिरको भौतिक संसारमा खोज्ने मनुष्य वाहिरकै संसारमा मै हराउछ तर आफूलाई मौनमा तथा आफूभित्रको संसारमा खोज्ने मनुष्यले आफूलाई र परमात्मालाई मौनमा आफ्नो अन्तरहृदयमा पाउदछ । साधकमा निस्प्रयास मौन जतिजति गहिरिदै जान्छ उतिनै ब्रम्हाण्डका अलौकिक रहस्यहरु मौनको प्रकाशमा प्रज्वलित हुदै जान्छन् र उसमा इन्द्रियातीत, मनातीत तथा भावातीत अनुभव तथा अनुभूतिहरु बढ्दै जान थाल्छन् किनकी मौनले आफूभित्रको जन्म–जन्मदेखि बन्द रहेको द्वार खोल्दछ जहाँबाट आत्मा स्वतन्त्र भएर आफ्नै अरन्तरहृदयको केन्दमा स्थित परमात्मासंग एकाकार हुन्छ । अधिकांश मनुष्यहरुमा यो भ्रम रहदै तथा विजारोपण गर्दै आईको छ कि परमात्मा वाहिरको संसार मूर्ति, मन्दिर, देवालय, गुम्बा, चर्च, मस्जिदमा छ भनेर तर यो पुर्णतः असत्य मान्यता हो । परमात्मा वाहिरी संसारको भिड, हल्लाखल्ला, कोलहल भन्दा धेरै पर मौनको अन्तर गहिराइमा मनुष्यको अन्तरहृदयको सबैभन्दा केन्द्रमा रहेको अन्तिम परतमा स्थित रहेको छ र त्यहींबाट साधकको वोधमा आउछ, साधकको आत्मासंग साक्षातकार गर्छ, संवाद गर्छ र साधकको आत्मसंग एकाकार हुन्छ । 


सबै मनुष्यहरुलाई यो शाश्वत सत्य बुझाउनु अपरिहार्य भएको छ कि परमात्मा आफूभन्दा वाहिर मूर्ति, मन्दिर, देवालय, गुम्बा, चर्च, मस्जिदमा छैन, आफ्नै अन्तरहृदयभित्रको केन्द्रिमा शरीर, मन, भाव, वुद्धि, अहंकारको कालो पर्दाले ढाकिएर रहेको अवस्थामा छ । पूजापाठ, व्रत–तीर्थ, दान–पुण्य, मूर्ति–मन्दिर, गुफा, जंगल, गुरुकुल, गुरु, सदगुरु सबै मनुष्यलाई आध्यात्मिक तथा योगीक साधनाको मार्ग सिकाएर आफूभित्रको मौनमा पुर्याउने साधन तथा मार्ग मात्र हुन् । परमात्मा प्राप्तिको वास्तविक साधना साधकको स्वयंको प्रयत्नबाट स्वस्फुर्त रुपमा घटित भएको निस्प्रयास मौन नै हो । मौन साधनाको प्रज्वलित अग्निले प्याजका तहझैं रहेका शरीर, मन, भाव, वुद्धि, अहंकार र यिनले जन्म–जन्ममा गरेका कर्महरुको कर्मबन्धनको कालो पर्दालाई जलाउछ एकपछि अर्को परत गर्दै तव अन्तरहृदयको सबैभन्दा भित्रको केन्द्रबाट परमात्मा वाहिर प्रकट हुन्छ, साधकको आत्मासंग साक्षातकार र संवाद गर्न प्रारम्भ गर्छ र भन्छ, “अन्ततः ‘तँ’ र ‘म’ एकआपसमा साक्षातकार र एकाकार हुन सफल भयौं है” । ब्रम्हाण्डिय कानून सनातन अध्यात्मको नियम अनुसार आत्मा परमात्मासंग एकाकार हुन अत्यन्तै आतुर भएजस्तै परमात्मा पनि आत्मासंग मिल्न चाहान्छ, यसैकारण हाम्रा महान पुर्खा प्राचीन वैज्ञानिक ऋषिहरुले भन्नु भएको छ, “साधक तथा भक्तले एक पाइला परमात्मातिर बढायो भने परमात्माले आफ्नो सन्तान तथा भक्ततिर एकैपटक १००० पाइला बढाउछ र सर्वथा उसको पारमार्थिक कल्याणका लागि खडा हुन्छ” ।  


निस्प्रयास मौनबाट नै हुन्छ आत्माको ब्रम्हाण्डिय सयर

मनुष्य पुरुष र प्रकृतिको महासंयोगबाट सिर्जित भएको जीवात्मा हो । प्रकृति मनुष्यको स्थुल शरीर हो जो पंचतत्वको संमिश्रणबाट निर्मित भएको हुन्छ र पुरुष अर्थात आत्मा परमात्माको अभिन्न अंश हो जो शरीरको आयु सकिएर मृत्युवरण भएपछि पुनः आत्मालोक तथा परमात्माको संसार तथा आफ्नै मूलश्रोत तथा मूलघरमा फर्कन्छ र त्यहीं रहिरहन्छ अर्को जन्म अर्थात पूनरजन्म नलिउन्जेल । मनुष्यको प्रकृति प्रदत्त स्थुल शरीर जो दृश्य स्वरुपमा छ र यसका उचाई, मोटाई, गति, दृश्य, श्रवण, सुघाइ, स्वाद तथा स्पर्शको अनुभूति आदि धेरै प्रकारका सीमाहरु रहेकाछन् । तर उसको पुरुष अर्थात आत्मा अर्थात सुक्ष्म शरीर जो अदृश्य स्वरुपमा छ र यसका कुनै प्रकारका सिमाहरु छैनन् र आत्मालाई केहीले पनि प्रभाव पार्न सक्दैन, यो असीम, अनन्त, सर्वशक्तिमान, सर्वव्यापक, महाप्रकाशमय, शुद्ध, वुद्ध, नित्य, अमर, शास्वत हुन्छ किनकी यो परमात्मा स्वयैको अभिन्न अंश हो । वेदको सार, संसारका पुस्तकहरुको पनि पुस्तक महापुस्तक श्रीमद् भगवद् गीतामा श्रीकृष्ण भगवानले भन्नु भएको छ, “नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः। न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः।।९श्रीमद् भगवद् गीता, २स्२३०” अर्थात आत्मा त्यस्तो कहिल्यै नमर्ने ‘अमृत’ तथा ‘अमर’ तत्व हो जसलाई शास्त्रले काट्न सक्दैन, अग्निले जलाउन सक्दैन, पानीले गलाउन सक्दैन, वायुले सुकाउन सक्दैन । निस्प्रयास मौन साधनाको प्रज्वलित अग्निमा प्रकट भएको परमात्माको महाशक्ति तथा महाप्रकाशले साधकको आत्मा अर्थात सुक्ष्म शरीरलाई असीम, अनन्त, सर्वशक्तिमान बनाइदिन्छ, आफू वास गर्ने साधकको अन्तरहृदयलाई विशाल तथा विराट बनाइदिन्छ र साधकको अन्तरहृदयभित्रै समुच्चा ब्रम्हाण्ड खडा गरिदिन्छ तथा अटाइदिन्छ र साधक स्यंमलाई ब्रम्हाण्ड बनाइदिन्छ । आफू स्वयं ब्रम्हाण्ड बनेको साधकले आफू स्वयंभित्रै ब्रम्हाण्डका सबै सृष्टिहरु– सबै प्राणीहरु, सबै वनस्पतिहरु, सबै पदार्थहरु, ग्रह, नक्षेत्र, सौर्यमण्डल, तारामण्डल तथा समुच्चा आकाश एकैठाउँमा समाहित भएको पाउछ र ती सबैसंग साधकले चाहे अनुसार, चाहेको समयमा सहजै साक्षातकार गर्न, संवाद गर्न, सयर गर्न सक्छ । यो अवस्था स्वस्फुर्त घटित भएको निस्प्रयास मौन साधनाले तयार पारेको अन्तरहृदयको गहन शुन्यताको महासागरमा परमात्मा अर्थात अस्तित्वले घटित गराइदिन्छ । 


मौन साधनाले बनाएको अन्तरहृदयको विराट शुन्यतामा अस्तित्व स्वयंद्वारा पूर्णता भरिदिने हुनाले मौन खालिपन तथा शुन्यता नभएर महापूर्णता हो जहाँ समुच्चा ब्र्रम्हाण्ड अटाएको हुन्छ । आफ्नो अन्तरहृदयमा यस्तो अलौकिक, चमत्कारिक, रहस्यमय अवस्था घटित भएपछि साधकले सबैमा आफू र आफूमा सबैमा आफूलाई देख्न थाल्छ र आफूलाई ब्रम्हाण्डको अदेवेतमा विलिन गरिदिन्छ । अव ब्रम्हाण्डका सारा अलौकिक ज्ञानहरु साधकको अन्तरहृदयमा स्वस्फूत रुपर्मा आउन थाल्छन् । सृष्टिका प्राणी, वनस्पति, वस्तु तथा पदार्थहरु, सिद्ध आत्मा तथा चैतन्य चेतनाहरु, भगवद् चेतनाहरु, ब्रम्हाण्डका महाशक्तिहरुसंग साधकको प्रत्यक्ष साक्षातकार र दोहोरो सौहार्दपूर्ण संवाद हुन थाल्छ । साधकको शरीर, शव्द, मन, भाव, आत्मा अर्थात चेतना, आभामण्डलमा परमात्माको तेज तथा ओज स्वतः कयौं गुणाले बढेर आउछ र यस्तो अलौकिक दिव्य अवस्थाले उसको वरिपरि दुरदुरसम्म चारैतिरका प्राणी, वनस्पति, पदार्थहरुमा सकारात्मक प्रभाव पर्दछ, साधकमा छाएको परमात्माको तेज तथा ओजको उसको उपस्थितिमा सबैको सुख, खुशी शान्ति, आनन्दको कारण बन्दछ र सबैले सुख, खुशी शान्ति, आनन्दको महसुस तथा अनुभूति गर्दछन् । सामान्य मनुष्यहरुलाई लाग्न सक्छ कि यी सबै काल्पनीक तथा कल्पना गएिका विषय होलान तर होइन यी सबै परालौकिक दिव्य घटनाहरु अकाट्य, शाश्वत सत्य र अत्यन्तै व्यवहारिक उपलव्धिहरु हुन जुन स्वस्फुर्त रुपमा घटित भएको मौन साधनाको गहिराइमा साधकलाई इन्द्रियातीत, मनातीत, भावतीत अनुभव तथा अनुभूतिहरुमा प्र्रत्यक्ष रुपमा आउछन् । निस्प्रयास मौन साधनाको प्रज्वलित अग्निमा तपिएका तथा खारिएका सिद्ध आत्मा तथा चैतन्य चेतनाहरु सबैमा यस्ता विशेष प्रकारका शक्ति तथा सिद्धिहरु अनुभूतिमा आएका हुन्छन् र उनीहरुको सुक्ष्म शरीरमा चिरस्थाइ रुपमा विद्यमान रहिरहन्छन् । 


एकान्तपन मौनमा प्रवेश गर्ने र ब्रम्हाण्ड बुझ्ने अमूल्य अवसर

आजको मनुष्य अज्ञानताका कारण एकान्त तथा एक्लोपनदेखि डराउछ, कहालिन्छ र एकान्तपनलाई मानसिक तथा भावनात्मक बिमारी तथा बिमारीको कारणको रुपमा लिन्छ तर एकान्त तथा एक्लोपन मौनमा प्रवेश गर्न मद्धत गर्ने अमूल्य अवसर र सबैभन्दा ठूलो वरदान हो किनकी एकान्तपनमा रमाउन र बानी पर्नसक्ने मनुष्य आफ्नो आन्तरिक जगतमा सहजै प्रवेश गर्न सक्दछ र उसलाई निस्प्रयास मौन छिटो घटित हुन्छ । आफ्नो एकान्त तथा एक्लोपनको सदुपयोग गर्दै मौन साध्न सक्ने मनुष्यले आफूलाई भेट्दछ, छिट्टै आत्म साक्षतकार तथा आत्मवोधको अवस्थामा उपलव्ध हुन्छ । आफ्नो अन्तरजगतमा प्रवेश गरिसकेको मनुष्य आफ्नो जीवनको मालिक उ स्वयंनै हुन्छ तर एकान्त तथा एक्लोपनको महत्व र उपयोगित नबुझेर अरुमा परनिर्भर हुने र वाहिरी संसारको भिडको पछाडि लाग्ने मनुष्य अरुको विचारको दाष बन्दछ । एकान्त तथा एक्लोपन हुदै, प्रयास मौन हुदै निस्प्रयास मौनको अवस्थामा पुगेपछि साधकको मन तथा भावमा सोच, विचार, भावनाका कोलाहल तथा हलचलहरु क्रमशः बन्द हुदै जान्छन् । सोच, विचार, भावनाका कोलाहल तथा हलचलहरु बन्द भएपछि सर्वप्रथम साधकको अन्तरहृदयमा शुन्यता घटित हुन्छ, यही शुन्यतामा उसको आत्माको उपस्थिति र परमात्माको पदार्पण हुन्छ, यो शुन्यता स्वतः सम्पूर्णतामा रुपान्तरण हुन्छ र यही सम्पूर्णतासंग पराभौतिक संसारका ब्रम्हाण्डिय अलौकिक, रहस्मयि, चमत्कारीक, दिव्य, आध्यात्मिक परमसत्यका ज्ञान, विज्ञान, महाज्ञानहरु घटित भएर साधकको इन्द्रियातीत, मनातीत, तथा भावातीत अनुभव तथा अनुभूतिहरुमा प्रकट भएर आउन थाल्छन् । 


मौनको गहन अवस्थामा जव साधकको आत्माको उर्जा तरंग परमात्माको उर्जा तरंगसंग जोडिन्छ तथा एकाकार हुन्छ तव सारा ब्र्रम्हाण्ड साधकको पक्षमा काम गर्न थाल्छ । साधक निस्प्रयास मौनको प्रज्वलित अग्निमा तपिएपछि उसको आत्मा अर्थात चेतनाको उर्जा खारिन्छ र अव यो दिव्य उर्जाले आफू वरपर चारैतिर दुरदुरसम्म सर्वकल्याणको काम गर्न प्रारम्भ गर्छ अदृश्य रुपमा किनकी आत्माको खारिएको उर्जा स्वयं परमात्मा हो, परमात्मा संधै निराकार हुन्छ र परम करुणादायि हुन्छ । मौनको प्रज्वलित उर्जामा तपिएका तथा खारिएका सन्तहरु मौनमै परमात्मासंग सिधै साक्षातकार तथा प्रत्यक्ष संवाद गर्दछन् ब्रम्हाण्ड संचालनका योजनाहरु तर्जुमा गर्दछन् । स्थुल शरीरमा रहेका तथा नरहेका सिद्ध आत्मा तथा चैतन्य चेतनाहरु एकआपसमा मौनमै सिधा सम्पर्क गर्दछन् संसारको जुन भूगोलमा रहेको भएपनि ब्रम्हाण्ड संचालनको गहन बहस, विश्लेषण र योजना निर्माण गर्दछन् । यसकारण मौन परमसत्य र परमपूर्णता हो, परमात्माको पर्याय तथा प्रतिविम्व हो जसमा समुच्चा ब्रम्हाण्ड र ब्रम्हाण्डको सर्जक स्वयं ब्रम्ह अटाएको छ । निस्प्रयास मौन साधनामा भौतिक संसारले कल्पना समेत गर्न नसकेका अनन्त अलौकिक परमशाश्वत अवस्थाहरु घटित हुन्छन् र साधक आन्तरिक रुपमा परमखुशी, परमशान्ति, परमआनन्द, सतचितानन्दमा उपलव्ध भैरहन्छ नित्यनिरन्तर । उ भौतिक संसार र पराभौतिक संसारमा एकसाथ उपस्थित भएर आफ्ना कर्महरु गर्दछ । मौनको प्रज्वलित अग्निमा तपिएर खारिएरको सिद्ध साधक परमात्ममा एकाकार भएपछि अव साधकले पार्थना नगरे पनि परमात्मा अर्थात अस्तित्वले उसका सर्वकल्याणका इच्छा, आंकाक्षाहरु सुन्छ र तथास्तु भन्छ । निस्प्रयास मौन साधनामा सिद्ध भएको साधकले सदा सर्वकल्याणका विषहरुबारे मात्र इच्छा, आंकाक्षाहरु राख्ने गर्दछ आफ्नोलागि कुनै प्रकारका अपेक्षहरु कहिल्यै पनि राख्दैन ।  


छिट्टै(सम्पादनको चरणमा रहेको)

मौनका उपलव्धिहरुः सांसारिक र पारमार्थिक

मौनका प्रक्रिया तथा विधिहरुः सामान्य विधि र योगीक विधि







Tuesday, 28 October 2025

आध्यात्मिक साहित्यः मौन साधनाको महाशक्ति

 लालीगुरांश (डासिर्जना भण्डारी)

 #आध्यात्मिक_साहित्य #जीवन_दर्शन


कथा

(३) मौनका आयामः प्रयास मौन र निस्प्रयास मौन 

साधारण बोलिचालिको भाषामा केहीपनि बनोल्नु तथा केही नगरीकन चुपचाप रहनुलाई मौन भन्ने गरिन्छ । सनातन अध्यात्म दर्शनको प्रमुख विषय योग विज्ञानका वैज्ञानिक योगीक साधना विधि तथा पद्धतिका प्रयोगात्मक अभ्यासहरुको अनुशरणका आधारमा मौनका दुईप्रकारका आयामहरु रहेका छन्– (१)प्रयास मौन, र (२)निस्प्रयास मौन । त्यसैगरि प्रक्रियाका आधारमा मौनको अभ्यास दुईप्रकारले गरिदै आइएको छ– (१)वाणी र शरीरमा स्थिरता तथा वाहिय मौन, र (२)मन र भावमा स्थिरता तथा आन्तरिक मौन । मोटामोटी रुपमा भन्नुपर्दा वाहिय मौन प्रयास मौनको अवस्था हो अर्थात मनुष्यले आफुले प्रयत्न गरेर मौन रहने प्रयास गर्नु र आन्तरिक मौन निस्प्रयास मौनको अवस्था हो जो बिना कुनै प्रयत्न स्वस्फुर्त घटित हुने मन र भावको स्थिरताको अवस्था हो । प्रयास मौनको अवस्था मनुष्यको आफ्नै प्रयत्नले घटित हुनसक्छ तर निस्प्रयास मौनको अवस्था मनुष्यको प्रयत्नले मात्र घटित हुन सक्दैन । सनातन अध्यात्म दर्शनमा उल्लेख गरिएका योग विज्ञानका गहन योगीक साधनाहरुको प्रयोगात्मक अभ्यासबाट मात्र निस्प्रयास मौन हासिल गर्न सकिन्छ किनकी मनुष्यका विचार तथा भावनाहरुको नैसर्गीक प्रवृत्ति सकारात्मक तथा नकारात्मक किसिमले निरन्तर एक रफ्तारमा चलिरहनु हो र सामान्य अवस्थामा यस्ता विचार तथा भावनाहरुमा मनुष्यको नियन्त्रण रहदैन । योगीक साधनाको विशेष अवस्थामा साधकको आफ्नो प्रयास र ब्रम्हाण्डको अदृश्य महशक्ति तथा परमात्माको सहकार्यतामा निस्प्रयास मौन घटित हुन्छ । योगीक साधनाको विशेष अवस्थामाहरुमा विस्तारै मनुष्यको आध्यामिक प्रगति हुदै जाने र यो अवस्थामा उसको मन, भाव, आत्मा अर्थात चेतनाको उर्जामा ब्रम्हाण्डिय महाउर्जा अर्थात परमात्माको महाशक्ति तथा महाप्रकाशको पदार्पण हुनेहुनाले यसअघि प्रकाश बिहिनताका कारण अन्धकारको अवस्थामा रहेको मनुष्यको मन, भाव, आत्मा अर्थात चेतनामा चारैतिर परमात्माको दिव्य महाप्रकाशको विस्तार हुन थाल्छ र यही दिव्य प्रकाशको चमत्कारिक प्रभावले मनुष्यमा निस्प्रयास मौन स्वस्फुर्त रुपमा घटित हुन्छ । निस्प्रयास मौन घटित भएपछि स्वतः मनुष्यको मन एकाग्र हुन्छ, भाव शान्त हुन्छ, आत्मा अर्थात चेतना जाग्रीत र विकसित हुदै जान थाल्छ अथवा वास्तविक आन्तरिक मौनको अवस्था घटित हुन्छ र उसको सांसारिक र पारमार्थिक जीवनमा उल्लेख्य प्रगति आउन थाल्छ । यही अर्थमा हाम्रा पुर्खा प्रखर अध्यात्मविद तथा प्राचीन महावैज्ञानिक ऋषिहरुले निस्प्रयास आन्तरिक मौन घटित हुन व्यक्ति स्वयंको प्रयासबाट मात्र सम्भव हुदैन, यो अध्यात्म साधना तथा योग विज्ञानका वैज्ञानिक विधि तथा पद्धतिहरुको अभ्यासका विभिन्न चरणहरुमा आफैं घटित हुदै जाने विशेष प्रक्रिया हो भनेर मनुष्को आध्यात्मिक विकासमा निस्प्रयास मौनलाई विशेष मान्यता प्रदान गर्नु भएको छ । 


(क) प्रयास तथा वाहिय मौन

प्रयास मौन साध्न तथा वाहिय रुपमा मौन रहन अर्थात वाणी र शरीरमा स्थिरता ल्याउन व्यक्ति स्वयंले प्रयास गरेर गर्न सक्दछ तर यसकालागि व्यक्तिले आफूलाई अत्यन्तै जागरुक तथा साक्षी आस्थामा राख्नुपर्ने हुनाले यो प्रक्रिया अलि कठिन हुने गर्दछ, तसर्थ हरकोहीले प्रयास तथा वाहिय मौनको अभ्यास गर्न सक्दैनन् । केही व्यक्तिहरुका लागि मौन रहन मुस्किल तथा अत्यन्तै मुस्किल हुन्छ भने कसैका लागि त मौन रहनु असम्भव प्राय नै हुन्छ । मौनको अभ्यास मुस्किल हुनुका कारणहरु अनेक हुन सक्दछन्, अनेक कारणहरु मध्य प्रमुख कारण व्यक्तिले व्यतीत गर्दै आइरहेको उसको जीवनशैली तथा उसको खानपान, कर्म, सम्वन्धहरु, संगत, सोच, विचार, भान, व्यवहार, आचरण, जीवनको प्रामिकता आदि नै हुन् । उ दैनिक रुपमा कस्तो माहोलमा आफ्नो जीवनको अधिकांश समय बिताइरहेको छ र कसरी बिताइरहेको छ भन्ने मूल सवाल हुन आउछ उसले वाहिय तथा आन्तरिक दुवै प्रकारका मौनको अभ्यास गर्न सक्छ कि सक्दैन भन्ने सन्दर्भमा । तर सरसर्ती आकलन गर्दा वाहिरी रुपमा प्रयास मौन रहन तथा आफ्नो वाणी र शरीरलाई स्थिर राख्न सहज हुन्छ मन र भावलाई स्थिर राख्नुपर्ने आन्तरिक मौनको निस्प्रयास मौनको तुलनामा किनकी आन्तरिक तथा निस्प्रयास मौन ध्यात्म साधनाको वृहद विषय हो जस अन्तर्गत जीवन र जगत तथा अस्तित्व र ब्रम्हाण्डका अदृश्य सनातन शाश्वत सत्यहरु समाहित भएका हुन्छन् । 


सनातन आध्याम दर्शनमा एउटा अत्यन्तै प्रसिद्ध र प्रभावकारी भनाइ रहदै आएको छ, ‘मनुष्य अक्सर बोलेर गुमाउछ र मौन रहेर प्राप्त गर्छ’ । आध्यात्मिक भावले ओतप्रोत यो भनाईको अर्थ तथा परिभाषा निकै गहिरो छ र यो प्रत्यक्ष रुपमा जीवन र जगतको ज्ञान तथा विज्ञानसंग सम्वन्धित रहेको छ । यो भनाइलाई कसरी र कति गहनतामा बुझ्ने भन्ने कुरा हरेक व्यक्तिको आ–आफ्नो ज्ञानको गहिराइमा निर्भर गर्दछ । आजको मानव समाजलाई अवलोकन गर्दा वास्तविकता यसको ठिक विपरित रहदै आएको हामी पाउछौं किनकी हरेक मनुष्य प्राप्त गर्न चाहन्छ तर उ मौन रहन भने विलकुलै चाहदैन या चाहेर पनि मौन रहन सक्दैन जवकि प्राप्तिको मूलआधार नै मौन हो किनकी मौन शुन्यता होइन, पूर्णता हो । मनुष्यमा रहेको यही विपरित अवस्थाका कारण उसले जीवनमा पाउनु भन्दा बढि गुमाउनु परेको छ । आजको मनुष्यसंग मौन रहने र अरुलाई सुन्नसक्ने धैर्यता नै छैन, उ आफ्नै कुरा मात्र सुनाउन चाहन्छ, अरुलाई उपदेश दिन र सिकाउन चाहन्छ, अरुलाई आफू अनुकुल बनाउन तथा सुधार्न चाहन्छ, आफू सबै जान्दछु, मैले जान्न बाँकी केही छैन, अर्कोले जानेको छैन, मेरो कुरा बुझ्दैन भन्ने ठान्छ र यही ‘म सबैथोक जान्दछु र मैले जानेकै सहि हो’ भन्ने खोक्रो अहंकारका कारण उसले आफ्नो जीवनबाट अत्यन्तै महत्वपूर्ण विषयहरु गुमाइरहेको छ तर उसलाई यो वास्तविकता थाहा छैन कि मैले मेरै खोक्रो अहंकारको कारण आफ्नो जीवनका अत्यन्तै महत्वपूर्ण विषयहरु– स्वास्थ्य, सम्वन्ध, मान–प्रतिष्ठा, धन, सुख, खुशी, शान्ति, आनन्द र आफू स्वयंलाई समेत गुमाइरहेको छु र आफूबाट दुर हुदै गैरहेको छु । अझ सुक्ष्मतामा हर्ने हो भने मनुष्यले आफू संगसंगै आफ्नो जीवनको मूल श्रोत परमात्मालाई पनि गुमाइरहेको छ । उसले आफूलाई म, मेरो, मैले, मलाई जस्ता अहंकारको साँघुरा श्रृंखलामा कैद गरेको कारणले जीवनका महत्वपूर्ण अवयवहरु गुमाइरहेको छ । यस्तो बिनासकारी शक्ति ‘अहंकार’ सबैभन्दा बढि मनुष्यको वाणी र शरीरको हाउभाउबाट प्रकट हुने गर्दछ, यसैकारण आफ्नो वाणी, वाणीमा व्यक्त गरिने चोटिला शव्दहरु र शरीरका धारिला हाउभाउहरुका कारण उसले जीवनका महत्वपूर्ण अवयवहरु गुमाउदै गएको हो । मनुष्यको जीवनका सारा सकारात्मक पक्षहरु एकातिर हुन्छन् र अहंकार एक्लै अर्कोतिर हुन्छ र पनि जीवनका सबै पक्षहरु भन्दा एक्लो अहंकार कयौं गुणा बढि भारी हुन्छ र अहंकारको यो भारले मनुष्य जन्म–जन्मसम्म थिचिइरहन्छ, चाहेर पनि उठ्न सक्दैन किनकी उसको वाणी र शरीरका हाउभाउमा प्रकट हुने यही अहंकारले उसको जीवनबाट स्वास्थ्य, सम्वन्ध, मान–प्रतिष्ठा, धन, सुख, खुशी, शान्ति, आनन्द, आफू स्वयं र परमात्मालाई समेत खोसेर लगेर व्यक्तिलाई पूर्णतः वाहिरबाट रित्तो हात र भित्रबाट खोक्रो बनाएर उठ्न नसक्ने गरि कमजोर बनाइदिएको हुन्छ । अहंकार र जीवनका सन्दर्भमा सबैले जान्नु पर्ने विषय हो जीवनका अत्यावश्यक सकारात्मक पक्षहरु र अहंकार दुई विपरित ध्रुव हुन् जो कहिल्यै एकै ठाउँमा आउन सक्दैनन्, कि मनुष्यसंग उसको अहंकार रहन्छ र कि अहंकारको बरफ पानी भएर पग्लेपछि जीवनका अत्यावश्यक सकारात्मक पक्षहरु रहन्छन् उसंग । अहंकारमा रहेर तथा वाणी, शव्द र शरीरले धेरै बोलेर मनुष्यले जीवनका सबै महत्वपूर्ण कुराहरु गुमाउछ तर मौनमा रहेर मनुष्यले उसले कहिल्यै अपेक्षा नै नगरेका कुराहरु समेत हासिल गर्न सक्दछ, तसर्थ मनुष्यको जीवनमा मौन रहनु अत्यन्तै महत्वपूर्ण मानिदै आइएको हो र सनातन अध्यात्म दर्शन तथा मनुष्यको जीवनको वास्तविकता र व्यवहारिकतालाई सुक्ष्म रुपमा अध्ययन तथा विश्लेषण गर्दा ‘मनुष्य अक्सर बोलेर गुमाउछ र मौन रहेर प्राप्त गर्छ’ भन्ने भनाईको मूलसार यहीनै रहेको धेरै अध्ययनहरुले देखाएका छन् ।


सबैको चाहना सुखको प्राप्ति र दुःखको निवृत्ति

हरेक मनुष्यको जीवनको प्रमुख र अन्तिम चाहना सुखको प्राप्ति गर्नु र दुःखबाट निवृत्ति पाउनु हो । मनुष्यको जीवनमा सबै प्रकारका दुःख तथा पिडाहरु उसैका बोलि तथा व्यवहारहरुका कारण आउने गर्दछन् र सबैभन्दा बढि दुःख दिने मूलश्रोत उसको बोलि र बोल्दा प्रयोग गरिने चोटिला शव्दहरु र शरीरका धारिला हाउभाउहरु हुन् जसले वारुद र तरवारको काम गर्दछन् उ स्वयंको जीवन नष्ट गर्नमा । मनुष्यले बोल्ने चोटिला शव्दहरुको मूलश्रोत उसको मनमा चल्ने अनियन्त्रित अतिविचारहरु हुन्; अनियन्त्रित अतिविचारहरुको मूलश्रोत उसका इन्द्रियहरुबाट प्राप्त सूचनाका आधारमा उत्पन्न हुने भावनाका संवेगहरु हुन्; र भावनाका सम्वेगहरुको मूलश्रोत मनुष्यको मन, मस्तिष्कमा भ्रम फैलाउने वाहिरी संसारका दृश्यमा तथा वाहिर रंगीचंगी तर भित्र फिका तथा कुरुप रहेको अस्वस्थ प्रतिस्पर्धा र देखासेखीले आक्रान्त भएको उसको अस्वस्थ जीवनशैली हो । मनुष्यको अधैर्यता तथा मौन रहन नसक्नुको पछाडि यही फनफनी जेलिएको लामो माखे सांग्लो रहेको छ जसले उसलाई एक्ल्याउदै आफैंबाट दुर गर्दै लगिरहेको छ । मनुष्यको जीवनमा दृश्य तथा अदृश्य रुपमा यसरी फनफनी जेलिएको अस्वस्थ सांसारिक जीवनको माखे सांग्लोलाई नतोडीकन उसको जीवनमा कदापि सुखको प्राप्ति र दुःखबाट निवृत्ति आउन सक्दैन । यो माखे सांग्लोको शुरुआत मनुष्यको जीवनशैलीबाट भएको हुनाले सुधारको पहिलो प्रयास पनि उसको जीवनशैली परिवर्तनबाट नै गर्नु पर्दछ र यसकालागि प्रारम्भिक चरणमा प्रयास तथा वाणी र शरीरमा स्थिरता ल्याउने वाहिरी मौनको अभ्यास अनिवार्य हुन्छ । प्रयास मौनका विविध चरणहरु पार गर्दै मनुष्य विस्तार निस्प्रयास मौनका चरणहरुमा प्रवेश गर्दै जान्छ र सांसारिक जीवन तथा पारमार्थिक जीवनमा उल्लेख्य प्रगति हासिल गर्दै आफ्नो समग्र जीवनलाई पूर्णरुपमा सकारात्मक किसिमले परिवर्तन गर्न सक्दछ । 


प्रयास मौनको प्रारम्भ र सकारात्मक परिवर्तन

सांसारिक दृष्टिकोणले आम बुझाइ अनुसार मौन मुखबाट शव्दोच्चाहरण नगरिकन चुपचाप रहने तथा कुनैप्रकारका शारीरिक गतिविधिहरु नगरिकन निश्चित समयावधिका लागि स्थिर भएर बस्ने प्रयोगात्मक अभ्यास हो र आध्यात्मिक दृष्टिकोणले मनुष्यको काया अर्थात शरीर र चित्त अर्थात मन दुवैको शुद्धि गर्ने उद्देश्यले मनमा चल्ने विचारहरु र भावमा तैरिने भावनाहरुलाई शान्त तथा सन्तुलित राख्नका लागि योगीक साधना विधि अनुसार निश्चित समयावधिभर स्थिर रहेर गरिने धरणा तथा ध्यानको प्रयोगात्मक अभ्यास हो । आजको मनुष्यको काया र चित्त दुवै असन्तुलित अवस्थामा रहेका छन् किनकी उ सांसारिक जीवनको भिडभाडमा छ र पनि आफूलाई एक्लो, असहाय र कमजोर महसुस गरिरहेको छ । सनातन अध्यात्म विज्ञानका खोज तथा अध्ययनहरुले उजागर गरेका तथ्यांकहरुका अनुसार मनुष्यको आफ्नो वास्तविक मित्र उ स्वयंनै हो तर सांसारिक भोगविलास, हल्लाखल्ला, प्रतिस्पर्धा, देआसेखी, व्यस्त, अस्तव्यस्तका विच सहि ढंगले जीवन जीउन नजानेर संसारकै भिडभाडमा हराएको कारण उ आफू स्वयंबाट नै दुर हुदै गैरहेले आफूलाई एक्लो, असहाय र कमजोर महसुस गर्न बाध्य भएको छ । मनुष्यको जीवनका यस्ता चुनौति तथा समस्याहरु र आफू स्वयंसंग बढ्दै गएको दुरी प्रयास तथा वाहिय मौन साधना र निस्प्रयास तथा आन्तरिक मौन साधानाका प्रयोगात्मक अभ्यासहरुबाट समाधान गर्न, घटाउन तथा हटाउन सकिन्छ । मौन साधनाका प्रयोगात्मक अभ्यासहरुबाट मनुष्यले शारीरिक तन्दुरुस्ती, मानसिक एकाग्रता, भावनात्मक शान्ति जस्ता सांसारिक जीवनकालागि अत्यावश्यक सकारात्मक उपलव्धिहरु हासिल गनै सक्दछ । यसकासाथै सहि प्रक्रिया तथा विधिको अनुशरण गरिएको मौन साधनाको गहन अवस्थामा मनुष्यले आत्मिक अर्थात चेतनात्मक जागरण जस्ता अद्वितिय उपलव्धिहरु पनि हासिल गर्न सक्दछ र आफू स्वयंलाई भेट्नुका साथसाथ उसले परमात्मा साक्षातकारसम्मको अलौकिक उपलव्धि हासिल गर्न सक्दछ । 


मौन साधनाको पहिलो चरण मनुष्यको वाणी र शारीरिक हाउभाउमा स्थिरता तथा सन्तुलनताबाट प्रारम्भ हुन्छ । वाणी मनुष्यको मनमा चल्ने विचारहरु र भावमा चल्ने भावनाहरुको प्रतिविम्व हो र वाणी संगसंगै मनुष्यको शरीरका हाउभाउ तथा इशारागत भाषाहरु चल्दछन् । यसकारण वाणी तथा शरीरका हाउभाउहरुलाई स्थिर, सन्तुलित तथा मौन गर्नका लागि सबैभन्दा पहिला विचारको चल्ने गतिलाई सकेसम्म कम गराउनु अत्यावश्यक हुन्छ । मनुष्यको मनमा निरन्तर चलिरहने विचारहरुको मूलश्रोत ज्ञान इन्द्रियहरुले वाहिरको संसारबाट प्राप्त गर्ने सूचनाहरु र मनुष्यको अवचेतन, अचेतन तथा अध्यात्म विज्ञानका अनुसार पूर्णचेतन मनमा संग्रहित भएर रहेका स्मृतिहरु भएकोले सर्वप्रथम यी श्रोतहरुलाई योगीक साधनाका वैज्ञानिक विधि तथा पद्धतिका प्रयोगात्मक अभ्यासहरुलाई निष्ठापूर्वक अनुशरण गरेर मौन साधना गर्ने प्रयास गर्नु पर्दछ । इन्द्रियहरुले वाहिरको संसारबाट प्राप्त गर्ने सूचनाहरु कम गर्न तथा बन्द गर्न एकान्त स्थानमा बसेर कम्मर, ढाड, गर्धन सिधा गरि आँखा बन्द गरेर ध्यानमा बस्नु पर्दछ र मनमा संग्रहित स्मृतिहरुका सम्वेगहरु कम गर्न तथा बन्द गर्न मनलाई कुनै एक वस्तु तथा विषयमाथि एकाग्र गरेर धारणा, ध्यान विधिको माध्यमबाट वाहिय र आन्तरिक तवरले मौन रहने प्रयास गर्नु पर्दछ । यसरी प्रयास गरिएको ध्यान तथा मौन साधनाको प्रयोगात्मक अभ्यासमा शुरुमा साधकको शरीर र मनमा व्याकि हलचल, बेचैनी, अशान्ति मच्चिन्छ स्थिर रहननै हम्मेहम्मे पर्नेगरि । तर यसो हुनु सामान्य अवस्था हो किनकी साधनाको शुरुका चरणहरुमा हुने यसप्रकारको हलचल, अशान्ति, बेचैनी नै मनुष्यको शरीर स्थिर हुने, मन एकाग्र हुने, भाव शान्त हुने, आत्मा अर्थात चेतनाको विकास तथा जागरणको अवस्था प्रारम्भिक सिढिहरु हुन् र यही प्रयास मौनको अवस्था तथा प्रक्रियाले विस्तारै मनुष्यलाई निस्प्रयास तथा स्वस्फुर्त घटित हुने मौनसम्म पुर्याउछ र आफू सवयंसंग भेटाएर आत्मज्ञानमा स्थित गराउछ र यही माध्यमबाट जीवनको अझ विशिष्ठ अवस्था ब्रम्हज्ञान तथा परमात्मा साक्षातकारसम्म पुर्याउछ । 


यसकालागि शुरुआती चरणमा व्यवहारिक रुपमा एकान्त स्थानमा स्थिर रहेर, एकाग्र भएर गरिने धारणा तथा ध्यान साधनाको माध्यमबाट मौन रहने प्रयास गर्नु अत्यावश्यक हुन्छ । यसरी गरिएको ध्यान तथा मौन साधनाको प्रयोगात्मक अभ्यासले साधकको जीवनमा शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक स्तरमा उल्लेख्य सकारात्मक परिवर्तनहरु हासिल हुन प्रारम्भ हुन्छन् । यी उपलव्धिहरुको प्रभावका कारण विस्तारै साधकको सोच, विचार, भावना, वाणी, शव्द शरीरका हाउभाउहरुमा सन्तुलनता तथा मौनता आउन प्रारम्भ हुन्छ, उसको जीवन हरप्रकारले व्यवस्थित हुदै जान्छ र उसको जीवनका सबैप्रकारका समस्या तथा चुनौतिहरु समाधन हुदै जान्छन् । सैद्धान्तिक रुपमा ध्यान तथा मौन साधनाका अनुभवीहरु, गुरु, सदगुरु, योग प्रशिक्षकका उपदेश, उनीहरुसंगको सतसंग तथा सिकाइबाट पनि प्रयास मौनको मानसिक तथा शारीरिक अभ्यासका ज्ञान हासिल गरेर आफ्नो जीवन व्यवस्थित गर्ने प्रयास गर्न सकिन्छ पर्दछ । यसप्रकार योगीक साधनाका सैद्धान्ति तथा व्यवहारिक प्रयोगात्मक प्रयासहरुबाट विस्तारै आफूभित्र सकारात्मक परिस्थितिहरु निर्माण हुदै जान्छन् र विस्तारै आफ्नै व्यवहारिक अनुभवहरुबाट निस्प्रयास मौनमा पुग्न सकिन्छ किनकी निस्प्रयास तथा आन्तरिक मौनको आधारभूत पुष्ठभूमि वाहिय तथा प्रयास मौन नै हो । 


(निस्प्रयास तथा आन्तरिक मौन

योगीक साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुको प्रयोगात्मक अभ्यासको माध्यमबाट वाहिय तथा प्रयास मौनको अभ्यास परिपक्व हुदै गएपछि विस्तारै मनुष्यको शरीरका हाउभाउहरु, मनका विचारहरु र भावका भावनाहरुमा स्थिरता तथा सन्तुलनता आउन प्रारम्भ हुन्छ । निस्प्रयास आन्तिरिक मौन प्रयास पूर्वक गरिने वाहिय मौनको परिपक्वतासंगै आफैं स्वस्फुर्त रुपमा आउनेहुनाले यो अवस्थालाई स्वतघटित मौन तथा निस्प्रयास मौन भनिएको हो । यसरी साधनाको प्रक्रियामा आफैं घटित भएको स्वघटित मौन तथा निस्प्रयास मौन स्वस्फुर्त रुपमा साधकको दैनिकीमा निरन्तर चलिरहने हुनाले साधकलाई मौन साध्न सहज हुन्छ किनकी निस्प्रयास मौनको अवस्थामा साधकले आफ्नो वाणी, शरीर, मन, भावलाई स्थिर, सन्तुलित, व्यवस्थित तथा मौन अवस्थामा राखिराख्न आफूले अलग्ग प्रयास गरिरहनु पर्दैन । जव स्वस्फुर्त रुपमा निस्प्रयास मौन घटित हुन्छ तव साधकमा वाहिय र आन्तरिक मौन स्वतः सन्तुलनमा एकसाथ बनिरहन्छ बिना कुनै प्रयास तथा मेहनत । निस्प्रयास मौन साधकको प्रयत्नबाट मात्र नभइ अन्तै कतै रहेको रहस्यमय अदृश्यशक्ति जसलाई हामी प्रकृति अर्थात अस्तित्व अर्थात इश्वर–गड–अल्ला अर्थात ब्रम्हाण्ड अर्थात परब्रम्ह अर्थात परमात्माको रुपमा आस्था, श्रद्धा, भक्ति गर्दछौं, उसको कृपा र आशिर्वादबाट घटित हुने गर्दछ । निस्प्रयास मौन घटित हुनमा साधकको परमात्माप्रतिको आस्था, श्रद्धा, समर्पण, प्रेम तथा भक्तिको महत्वपूर्ण भूमिका र योगदान रहेको हुन्छ । साधकको आत्मा अर्थात चेतनाको विकास हुने क्रममा उभित्र उसको आत्मा अर्थात चेतनामा अलौकिक दिव्य रुपान्तरण आएपछि निस्प्रयास मौन स्वस्फुर्त रुपमा घटित हुन्छ । निस्प्रयास मौन त्यस्तो साधकको आत्मा अर्थात चेतनामा स्वस्फुर्त रुपमा घटित हुन्छ जो परमात्माप्रति आस्था, श्रद्धा, समर्पण, प्रेम तथा भक्तिले ओतप्रोत रहेको हुन्छ, उसको हृदय अत्यन्तै समवेदनशील भएको हुन्छ र उसको आत्मा अर्थात चेतनाको उर्जामा ब्रम्हाण्ड अर्थात परमात्माको महाउर्जा तथा महाशक्ति समाहित भएको हुन्छ । यस्तो साधक तथा भक्तले सबैमा परमात्मा देख्दछ, आफूमा सबैलाई देख्दछ, सबैमा आफूलाई देख्दछ र उसले आफ्नो अन्तरहृदयबाट नै ब्रम्हाण्डमा भएका ब्रम्हका सबै सृष्टि– प्राणी, वनस्पति तथा पदार्थहरुको समान अस्तित्व रहेको छ, सबै एक छ, अद्वेत छ भन्ने परमसत्य स्वीकार गर्दछ र आफूलाई पूर्णरुपमा यही अद्वेतको परमसत्यमा बिलिन गरिदिन्छ जसरी महासागरमा जलको थोपा मिलेर थोपा स्वयं नै महासागर बन्दछ ।


प्रयास मौन नै निस्प्रयास मौनको पृष्ठभूमि  

प्रयास मौन तथा वाहिय मौन जसमा व्यक्तिले आफ्नो वाणी र शरीरका हाउभाउहरुलाई सकेसम्म स्थिर गराउने प्रयास गर्दछ । प्रयास मौन ध्यान साधनाको प्रारम्भिक चरण हो र आफू स्वयंमले वाहिय र आन्तरिक रुपमा मौन रहने प्रयास गरेर प्रारम्भ गरिएको ध्यान साधना क्रमिक प्रक्रियामा परिपक्व हुदै गएपछि यो स्वफुर्त रुपमा निस्प्रयास मौनमा परिणत हुन्छ । यस अर्थमा निस्प्रयास मौन ध्यान साधनाको सहज परिणामको रुपमा मानिन्छ जुन साधकको विशेष प्रयासबिना नै उसको आत्मा अर्थात चेतनामा विकास तथा अलौकिक परिवर्तन आउदै जाने क्रममा स्वस्फुर्त रुपमा घटित हुन्छ । प्रयास मौन हुदै निस्प्रयास मौनमा स्थित हुनु सनातन आध्यात्मिक साधना पद्धतिको नियमित प्रक्रिया हो र स्वस्फुर्त रुपमा घटित हुने निस्प्रयास मौन अध्यात्म साधनाको अत्यन्तै गहन अवस्था तथा मोड मानिन्छ जसले मनुष्यलाई भवसागर मानिने सांसारिक जीवन तथा वारीबाट कुनै कुण्ठा नभएको बैकुण्ठ मानिने पारमार्थिक जीवन तथा पारी तारिदिन्छ र उसको आत्मालाई परमात्मासंग साक्षातकार तथा योगस्थ गराएर सदाकालागि मोक्ष तथा निर्वाणमा उपलव्ध गराइदिन्छ । यसकारण निस्प्रयास मौन परमसत्यको खोज तथा प्राप्ति हो र सनातन अध्याम दर्शनको दृष्टिकोणमा मौन भनेको चुप रहने अभ्यास मात्र होइन यो सशक्त साधना हो जसले मनुष्यको अन्तरजगतमा विराट हलचल र फेरबदल ल्याइदिन्छ र निस्प्रयास मौनबाट खालि तथा शुन्य भएको मन तथा भावमा इश्वरिय खजनाहरुले परिपूर्ण गरिदिन्छ । सामान्य अर्थमा भन्दै तथा बुझ्दै आइए जस्तो मौन खालिपन तथा शुन्यता होइन, यो भरिपूर्णताको अवस्था हो जसमा आत्मा, परमात्मा, परमसत्य, मोक्ष जस्ता दिव्य खजानाहरुको प्रचुर उपलव्धता रहेको हुन्छ, यसर्थ मौन पूर्ण, पूर्णता तथा सम्पूर्णताको गहन अवस्था हो । निस्प्रयास मौनमा मनुष्यले सबैभन्दा पहिला आफू स्वयं तथा आफ्नो आत्मा अर्थात चेतनालाई भेट्दछ, यसपछि परमात्मासंग साक्षातकार तथा एकाकार हुन्छ र पराभौतिक जगतको रहस्यमय रंगीन चकाचौदमा प्रवेश पाउदछ । 



वाहिय मौनको तुलनामा आन्तरिक मौन मुस्किल हुन्छ

साधनाको प्रारम्भिक चरणमा व्यक्तिको वाणी र शरीरका हाउभाउहरु स्थिर राख्न वाहिय मौन साधनाको प्रयास गरिन्छ र विस्तारै मन र भावलाई स्थिर राख्ने आन्तरिक मौन साधनाको प्रयास गरिन्छ । वाहिय मौन साधनाको तुलनामा आन्तरिक मौन अलिक मुस्किल हुन्छ । आन्तरिक मौन मुस्किल हुनुको कारण मनुष्यको मनमा विचारहरु तथा भावमा भावनाहरु आफ्नो प्राकृतिक गुण अनुसार स्वस्फुर्त रुपमा निरन्तर आफ्नै गतिमा चलिरहन्छन् र विचार तथा भावनाहरुमाथि चाहेर पनि उसको नियन्त्रण नहुने कारणले गर्दा आन्तरिक रुपमा मौन रहन हरकोहीका लागि सहज तथा सम्भव हुदैन । आन्तरिक मौनमा सन्तुलन  तथा प्रगति हासिल गर्न र सहज बनाउनका लागि मनुष्यले आफ्नो प्रयासमा प्रारम्भमा सनातन अध्यात्म विज्ञानको प्रमुख विषय योग विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारित सैद्धान्तिक तथा व्यवहारिक ज्ञानहरुलाई शारीरिक साधना र मानसिक साधनाको रुपमा निष्ठापूर्वक आफ्नो दैनिक जीवनमा अनुशरण गर्नु अत्यावश्यक हुन्छ । सनातन योग विज्ञान अन्तर्गतका योगीक साधनाका योगासन, प्राणायाम, क्रिया, मुद्रा, बन्दका निश्चित प्रकारका प्रक्रिया, विधि तथा पद्धतिहरु व्यवहारिक रुपमा अनुशरण गरेर प्रयोगात्मक रुपमा शारीरिक साधना गर्नुपर्दछ । त्यसैगरि योग विज्ञान अन्तर्गतका योगीक साधनाका यम, नियम, प्रत्याहार धारणा, ध्यान, समाधिका निश्चित प्रकारका सैद्धान्तिक ज्ञानहरुलाई व्यवहारिक रुपमा अनुशरण गरेर प्रयोगात्मक रुपमा मानसिक साधना गर्नुपर्दछ ।


निस्प्रयास मौन घटित हुने सामान्य र विशेष अवस्था

निस्प्रयास मौन मनुष्यको दैनिक जीवनमा पनि बारम्बार घटित भैरहेको हुन्छ तर मनुष्यले यो अवस्थालाई उति ख्याल गरेको हुदैन । मनुष्यको जीवनमा सामान्यतया मृत्युको घडिमा; गहिरो शोक परेको अवस्थामा; ठूलो दुर्घटना तथा बिमारी भएको अवस्थामा; चरम दुःख, पिडा, बिमारी, चुनौतिहरुबाट त्राण पाएको अवस्थामा; गहन प्रेमको अवस्थामा; गहन दया, करुणाको अवस्थामा; पूजा, प्रार्थना, अनुष्ठान गरिरहेको अवस्थामा; परमात्माको भक्तिमा डुबेको अवस्थामा; ध्यान तथा समाधिको गहन अवस्थामा; साहित्य तथा संगीत साधनामा; अत्यन्तै खुशी तथा पुलकित भएको अवस्थामा; आफ्नो लक्ष्य तथा इच्छा पूरा भएको गहन सन्तुष्टिको अवस्थामा; आफूलाई अत्यन्तै मनपरेको चिज, वस्तु, कर्म हासिल भएको अवस्थामा; सुमधूर सम्वन्धहरुमा चुर्लुम्म डुबेको अवस्थामा; जीवनमा समृद्धि तथा सफलता हासिल भएको अवस्थामा; अन्तरहृदयमा अनुभूति हुने परमशान्ति तथा परमआनन्दका केही पलहरुमा केहीबेरका लागि मनुष्यको मन र भावमा स्वस्फुर्त निस्प्रयास मौन घटित हुन्छ किनकी यस्ता अवस्थाहरुमा मनुष्यका विचारहरु र भावनाहरु शुन्य हुन्छन् र छोटो तथा क्षणिक भएपनि यही अवस्था नै वास्तविक स्वघटित तथा निस्प्रयास मौन हो । योगीक साधनाका विधिहरुको अनुशरण गर्दै गरिने ध्यान साधना र पूजा, प्रार्थना तथा अनुष्ठानहरुबाट हासिल हुने आन्तरिक मौन तथा विचार र भावना शुन्य भएको दिव्य अवस्था यिनै जीवनका विशेष अवस्थाहरुमा घटित हुने निस्प्रयास मौनकै विस्तारित स्वरुप तथा विशेष अवस्था हो जो केहीबेरका लागि मात्र नभएर साधकमा लामो समयसम्म निरन्तर स्वघटित भैरहन्छ शरीर, मन, भाव, आत्मा अर्थात चेतनामा एक प्रकारको नजानिदो मन्द नशा प्रदान गर्ने उर्जाको रुपमा जसबाट साधकलाई बिनाकारण आन्तरिक रुपमा परमसुख, परमखुशी, परमशान्ति, परमआनन्दको अनुभव तथा अनुभूति भैरहन्छ निरन्तर र उसलाई जीवन  जगत सबै अत्यन्तै सुन्दर, सुखमय, खुशी तथा प्रेमले भरिएको जे देख्यो त्यही राम्रो, जहाँ रह्यो त्यहीं रमाइलोको अलौकिक सुखानुभूति भैरहन्छ । मनुष्यको दैनिक जीवनमा स्वस्फुर्त घटित हुने निस्प्रयास मौनको विशेष अवस्था र योगीक ध्यान साधना तथा पूजा–प्रार्थनाबाट स्वस्फुर्त घटित हुने निस्प्रयास मौनको अझ विशेष अवस्थाले उसको सांसारिक जीवन र पारमार्थिक जीवनमा उसले कहिल्यै नसोचेको सकारात्मक रुपान्तरण ल्याउदछ । लामो समयसम्म घटित भैरहने वास्तविक निस्प्रयास मौनको विशेष अवस्थाले मात्र मनुष्यलाई व्यक्तिगत तथा सामान्य जीवनदेखि परमजीवनसम्म तथा साधनादेखि सिद्धिसम्म पुर्याउन सक्दछ र यही अवस्थामा नै आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान तथा आत्मा र परमात्मा एकाकार तथा लय भएको दिव्य घडि हो । वास्तविक निस्प्रयास मौनको विशेष, अलौकिक, दिव्य, चमत्कारिक तथा रहस्यपूर्ण अवस्थामा मात्र साधक आफुसंग अर्थात आफ्नो आत्मतत्वसंग र परमात्मा अर्थात शाश्वत सत्य परमतत्वसंग सदाकालागि जोडिन, एकाकार हुन, योगस्थ तथा लय हुन सक्दछ ।


मौनको शुन्यता नै पूर्णता हो

मौन साधनाले साधकको आध्यात्मिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने हुनाले सनातन गुरु–शिष्य परम्परामा मौनलाई सबैभन्दा महत्वपूर्ण योगीक साधना विधिका रुपमा मानेर यसको सर्वाधिक प्रयोगात्मक अभ्यास गर्दै आइएको पाइन्छ । समयक्रमसंगै संसारका अरु धर्म तथा सम्प्रदायहरुले पनि मौनको महत्व र प्रभावकारीतालाई बुझेर मनुष्यको आध्यात्मिक विकासका लागि प्रमुख साधाना विधिका रुपमा स्वीकार गरेका तथा अपनाएका छन् । मौन साधनाले साधकको सांसारिक जीवन र पारमार्थिक जीवनलाई सहज, सरल, समृद्ध, सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने र साधकलाई साधनादेखि सिद्धिसम्म पुर्याउने हुनाले सबै धर्म तथा सम्प्रदायहरुमा मौन साधनालाई सहर्ष स्वीकार गरिएको हो । सामान्य व्यक्तिहरुले मौनलाई चुपचाप रहने जीवनको दैनिक दिनचर्याको रुपमा बुझ्ने गर्दछन् तर आध्यात्मिक दृष्टिकोणमा मौन वाहिर चुपचाप देखिने तर भित्र विराट हलचल गराउने अत्यन्तै प्रभावकारी र प्रभावशाली विशेष प्रकारको दिव्य र प्रज्वलित अवस्था तथा घटनाको रुपमा परिभाषित गरिएको छ । यसकारण सामान्य बुझाइमा मान्दै आइएको जस्तो मौन शुन्य तथा खालिपन होइन, यो पूर्णताले ओतप्रोत सशक्त अध्यात्म साधना तथा सर्वकल्याणका लागि गरिने पुण्य कर्म हो । वास्तविक तथा पूर्ण मौनको अवस्था एक अदभूत रहस्यमय चमत्कारिक अवस्था हो जसमा साधकले आफूलाई अनन्त र समयातीत अवस्थामा पाउछ । ‘अनन्त’ अनुभूति भएको अवस्थामा साधकलाई आफू भौतिक शरीरमा नरहेको तथा अशरीरि भएको अनुभूति हुन्छ र यो अवस्थामा उ केवल पृथ्वीलोकको एक निश्चित क्षेत्रमा मात्र सीमित नभएर सारा ब्रम्हाण्डमा अनन्तसम्म फैलिएको अनुभूति गर्छ । ‘समयातीत’ अनुभूति भएको अवस्थामा साधकलाई आफू केवल वर्तमानमा रहेको अनुभूति हुन्छ, भूत र भविश्य कालको अवगत हुदैन, यसैकारण मौन साधनाको अवधिमा समय वितेको थाहा हुदैन, एकछिन साधनामा बसेको जस्तो लाग्छ तर घण्टौं वितिसकेको हुन्छ । यसकारण हरेक सिद्ध साधकका लागि मौनको शुन्यता नै पूर्णताको अवस्था हो ।समग्रतामा भन्नुपर्दा, मौन साधनाको पूर्ण प्रतिफल त्यो हो जसमा साधकको सीमित अस्तित्व कुनै प्रयासबिना सहजै ब्रम्हाण्डको महाशक्ति तथा महाउर्जामा बिलिन हुन्छ र साधक स्वयं ब्रम्हाण्ड बन्दछ जसरी जलको एकथोपा महासारमा मिसिएपछि थोपा स्वयं महासागर बन्दछ ।


मौन साधनाको प्रज्वलित अग्निमा तपिएर तथा खारिएर आध्यात्मिक सिद्धि हासिल गरेका सिद्ध आत्मा तथा चैतन्य चेतनाहरुले मौनमै एक आपसमा ब्रम्हाण्डका गहन विषयहरुमा दोहोरो संवाद गर्ने र आवश्यक निर्णय लिने गर्दछन् । वास्तविक तथा पूर्ण मौनमा ब्रम्हाण्डिय महाशक्तिको उच्च उर्जाको प्रवाह हुन्छ र उर्जाको प्रवाहमा एकप्रकारको दिव्य कम्पन तथा तरंग हुन्छ । यही दिव्य कम्पन तथा तरंगको माध्यमबाट अदृश्य रुपमा दोहोरो संवाद हुन सम्भव हुन्छ सिद्ध आत्मा तथा चैतन्य चेतनाहरुका विचमा बिना शव्द, बिना विचार केवल चेतनाको भाव सम्प्रेषणको माध्यमबाट । सिद्ध आत्मा तथा चैतन्य चेतनाहरुका विचमा हुने दिव्य दोहोरो संवाद एक निश्चित तहसम्म आत्मा अर्थात चेतनाको विकास नभएका आम मनुष्यहरुले सुन्न तथा अनुभूति गर्न सक्दैनन् किनकी यस्तो दिव्य संवाद मनुष्यको भौतिक ज्ञान इन्द्रिय कानले सुन्ने प्रकारको होइन, यो आवाज अन्तरहृदयमा गुञ्जिन्छ इन्द्रियातीत, मनातीत, भावातीत अनुभूतिका रुपमा र यस्तो आवाज वास्तविक मौन साधनाबाट आत्मा अर्थात चेतनाको उच्चतम विकास भएका सिद्ध साधकहरुको सिद्ध हृदयमा मात्र गुञ्जिन्छ र सिद्ध आत्मा तथा चैतन्य चेतनाहरुले मात्र सुन्न र प्रतिक्रिया सम्प्रेषण गर्न सक्छन् । सिद्ध आत्मा तथा चैतन्य चेतनाहरु वास्तविक मौनको शुन्यता हुदै पूर्णतामा आफ्नो अचेतन तथा पूर्ण चेतन मनलाई भेदन गरिसकेका तथा सिद्धतामा उपलव्ध भैसकसे हुने हुनाले उनीहरुमा यो अलौकिक अवस्था घटित हुन्छ । वास्तविक मौन साधनामा तपिएर तथा खारिएर आफ्नो अचेतन मन तथा पूर्ण चेतन मन भेदन गरिनसकेका व्यक्ति तथा साधकलाई पात्रता नपुगेका कारण सिद्ध आत्मा तथा चैतन्य चेतनाहरुका विचमा हुने दिव्य संवादमा भएका विषयहरुबारे केहीपनि अवगत तथा जानकारी हुदैन ।


निस्प्रयास मौनका दिव्य उपलव्धिका अद्भूत चरणहरु

आफ्नो वाणी र शरीरलाई मौन तथा स्थिर राख्न गरिने प्रयास मौनको प्रारम्भिक सिढि पार गरेपछि मनमा चलिरहेका विचारहरु र भावमा तैरिरहेका भावनाका हलचलहरु विस्तारै शान्त हुन थाल्छन् र साधकमा निस्प्रयास मौनकोलागि पृष्ठभूमि तयार हुदै जान्छ । यस्तो अवस्थामा साधकका इन्द्रियहरुमा प्रत्याहार घटित हुदै जान्छ, उ आफूभित्र प्रवेश गर्न तथा अन्तरजगतको यात्राकालागि तयार हुन्छ र उभित्र वास्तविक आध्यात्मिक साधनाकालागि आवश्यक पर्ने पात्रताको विकास हुनथाल्छ । यसपछि मौन साधनासंगै हुने अन्तरयात्रामा क्रमशः मौनको प्रकाश खुल्दै जान्छ साधकको अन्तरहृदयमा र विस्तारै उसलाई पारमार्थिक जगतका अलौकिक विषयहरुको अनुभव र अनुभूतिहरु हुदै जान थाल्छन् । यी सबै प्रक्रियाहरु भौतिक आँखाले देख्न नसक्ने अदृश्य हुन्छन्, केवल अन्तरहृदयमा अनुभूतिमा आउछन् । मौनको उज्यालो प्रकाश आफूले स्पष्ट रुपमा देख्न सकिदैन तर यसले जन्मौं–जन्मदेखि साधकको आत्मा अर्थात चेतनामा छाएको अन्धकार विस्तारै दुर गरिरहेको तथा हटाइरहेको हुन्छ अदृश्य रुपमा किनकी मौन आत्माको अन्धकार दुर गर्ने परमात्माको दिव्य दिप तथा प्रज्वलित प्रकाश हो । निस्प्रयास मौन साधनाको गहिराइमा उत्रिदै जादा साधकलाई शरीरमा छु भन्ने भाव मेटिन थाल्छ र उसको चेतनाको विकास हुने क्रममा चेतनाको प्रकाशको लहर तथा तरंग उठ्न थाल्छ । यसरी क्रमिक रुपमा भएको चेतनाको विकासनै परमात्माको दिव्य महाप्रकाशको लहर तथा तरंगमा साधकको व्यष्टि प्रकाश लय हुदै गएको अवस्था हो । दिव्य महाप्रकाशको लहर स्वयं परमात्माको चमत्कारिक महाशक्ति हो जो साधकबाट भएर उसको चारैतिर दुरदुरसम्म फैलिन थाल्छ किनकी यो दिव्य महाप्रकाश तथा महाशक्ति स्वयं परमात्मा हो, परमात्मा महाप्रकाश तथा महाशक्ति स्वरुपमा छ तर यो महाप्रकाश र महाशक्ति सिद्ध अध्यात्म साधकको दिव्य चक्षुले मात्र देख्न र अनुभव तथा अनुभूति गर्न सक्छ र केवल निस्प्रयास मौन साधनाबाट मात्र परमात्माको यो दिव्य महाप्रकाश तथा महाशक्ति स्वरुपलाई देख्न र अनुभव तथा अनुभूतिगर्न सकिन्छ ।


प्रयास मौनको पहिलो सिढिपछि साधकको शरीर, मन, विचार, भाव सबै शान्त र मौन हुनथाल्छ, उसको आत्मा अर्थात चेतनाको विकास हुन प्रारम्भ हुन्छ र उसको अन्तरआत्मा उ स्वयंमसंग दोहोरो संवाद गर्नथाल्छ आन्तरिक गुरुको रुपमा र ब्रम्हाण्ड यी संवादहरु सुन्न थाल्छ । वास्तविक तथा निस्प्रयास मौनमा उपलव्ध भएको यस्तो अलौकिक दिव्य अवस्थाले साधकलाई सांसारिक जीवनबाट अलग गर्दैन बरु प्रेम, दया, करुणा, सेवा भावमा डुबाएर सर्वकल्याणको उत्तरदायित्व पूरा गर्न संसारको अझ केन्द्रमा लगेर राखिदिन्छ र सर्वकल्याण्का लागि आवश्यक पर्ने स्थिरता, दया, करुणा, सेवाभाव, शान्तपन, आनन्दित छवि, दिव्यता सदा कायम रहिरहने कला साधकलाई भित्रबाट सिकाइरहन्छ तथा यस्तो अद्भूत शक्ति प्रदान गरिरहन्छ । यस्तो अलौकिक अवस्थामा साधक संसारमा रहन्छ तर उभित्र भौतिक संसारमा रहेको भाव तथा संसारका सेवा–सुविधाहरुप्रति भोगका अपेक्षाहरु रहदैनन्, उभित्र महावैराग्यता घटित भैसकेको हुन्छ, उ भौतिक र पराभौतिक दुवै संसारमा उपस्थित रहन्छ तर उसको बढि उपस्थिति पराभौतिक संसारमा सिद्ध आत्मा तथा चैतन्य चेतनाहरु, भगवद् चेतनाहरु, ब्रम्हाण्डका महाशक्तिहरुसंग सानिध्य तथा एकाकार भएर रहेको हुन्छ । उसका हरेक शव्द, व्यवहार, आचरण, निर्णय, कर्महरु, गहन मौनमा घटित भएको प्रेमका तह तथा श्रींखलाहरु– सानाप्रति स्नेह भाव; समकक्षीप्रति मैत्री भाव; जीवनको सहयात्रीप्रति मायाँको भाव; निमुखाप्रति दया तथा करुणाको भाव; ठूलाप्रति श्रद्धा भाव; आराध्य तथा पुजनियप्रति भक्ति भाव; प्रकृति, ब्र्र्रम्हाण्ड, जीवन तथा जगतप्रति कृतज्ञता भाव उसको अन्तरहृदयको केन्द्रबाट निरन्तर प्रष्फुटित भैरहन्छन् । यसर्थ मौन त्याग होइन, मनुष्यको जीवनकै सर्वोच्च परमप्राप्ति हो र मौन शुन्यता होइन सशक्त पूर्णत तथा भरिपूर्णता हो । मौन साधनाको प्रज्वलित अग्निमामा तपिएर तथा खारिएर विकसित भइ सिद्धता तथा चैतन्यतामा उपलव्ध भएका साधकहरुको चेहरामा दिव्य तेज, आँखामा दिव्य चमक झल्किन्छ, मनमा गहन एकाग्रता, भावमा गहिरो आन्तरिक परम खुशी, परमशान्ति, परमआनन्द घटित हुन्छ, निरन्तर सतचितआनन्दमा स्थित रहिरहन्छ र सिद्ध तथा चैतन्य साधकको यही दिव्यताको माध्यमबाट निराकार, निर्गुण तथा अव्यक्त परमात्माको महाउर्जा तथा महाशक्ति आकार, गुण तथा व्यक्त स्वरुपमा सारा सृष्टिभरि अविरल प्रवाहित भैरहेको हुन्छ । यस्तो दिव्य अवस्था मौन साधनाको दिव्य उपलव्धिका कारण साधकको अन्तरहृदयबाट प्रष्फुटित भएर संसारमा प्रवाहित भैरहेको हुन्छ । निस्प्रयास मौन साधनाले साधकलाई उसको जीवनको विकासका लागि अनुपयुक्त रहेको संसारको भिडभाडबाट अत्यन्तै प्रेमपूर्वक अलग्याएर उसको जीवनका लागि सर्वथा अपरिहार्य ब्रम्हाण्डको मूलसम्म अर्थात परब्रम्हसम्म पुर्याइदिन्छ । निस्प्रयास मौन साधना साधकको जीवनको सबैभन्दा ठूलो, प्रभावशाली तथा महत्वपूर्ण मित्र, सहयात्री, शुभचिन्तक तथा महागुरु हो र साधकमा मौन घटित हुने अवसर प्रदान गर्ने एक्लोपन तथा एकान्तता सबैभन्दा ठूलो, महत्वपूर्ण र प्रभावकारी दिव्य साधन हो । यसकारण सनातन अध्यात्मका सबै साधना पद्धतिहरुमा मौन साधनाको अत्यन्तै धेरै महत्व र प्रभावकारिता रहेको छ ।


जीवनमा आएका दुःखहरु मौनकालागि हुन्

प्राकृतिक न्याय।, कर्म चक्र तथा प्रारव्धको सिद्धान्त र नियम अनसार मनुष्यको जीवनमा आएका सबै दुःख, पिडा, असहजताहरु जीवनको कुनै मोडमा उसलाई निस्प्रयास मौनमा पुर्याएर, जीवनका सबैप्रकारका दुःख तथा पिडाहरुबाट निवृत्त गरेर जन्म र मृत्युको दुष्चक्रबाट सदाकालागि मुक्त गरि उसलाई परमात्माको सानिध्यमा पुर्याएर मोक्षमा स्थित गराउनका लागि आएका हुन्छन् तर आफ्नो अज्ञानताका कारण आम मनुष्यहरुले प्रकृतिले आफूप्रति वर्षाइरहेको यो महाकरुणा र गरिरहेको यो महाप्रेमको भावलाई बुझ्दैन र आफ्नो भाग्य र परमात्मालाई बारबार कोशिरहन्छ मलाई नै किन यति दुःख भैरहेको छ जीवनमा भनेर । मौन साधना गहिरिदै जादा एक विशेष अवस्था साधक स्वयंलाई यो कुरा थाहा हुदै जान्छ कि प्रकृति तथा परमात्माले मलाई जीवनमा सजिला तथाअप्ठ्यारा, दुःख तथा सुखका जे–जस्ता अनुभव तथा अनुभूतिहरु दिरहेको छ ती सबै मेरै आत्मा अर्थात चेतनाको विकासका लागि हा रहेछ भनेर । यसकैकारण हाम्रा पूर्वज माह वैज्ञानि ऋषिहरुले भन्नु भएको छ, “जीवनमा आउने हरप्रकारका दुःख तथा पिडाहरुलाई श्राप होइन आर्शिवाद ठानेर जीवनमा अगाडि बढ यी अवस्थाहरु तिमीबाट केही लिन होइन तिमीलाई नै केही महत्वपूर्ण दिनकालागि आएका हुन्, सबै दुःख तथा पिडाहरुलाई साक्षी भएर हेर, अनुभव तथा अनुभूसत गर र हृदयदेखि धन्यवाद भनेर जीवनमा सहज ढंगले अगाडि बढ ।”


जीवनका सबै सवालहरुको जवाफ मौनमा भेटिन्छन्

निस्प्रयास मौन अत्यन्तै शक्तिशाली हुन्छ र निस्प्रयास मौनको शक्तिले मनुष्यको जीवनका हरप्रकारका सवालहरुको क्रमशः एकपछि अर्को गर्दै जवाफ दिन्छ र कतिपय सवालहरुलाई असान्दर्भिक बनाइदिन्छ । अध्यारो छ, किन अध्यारो छ भन्ने सवाल दियो बालेपछि स्वतः अध्यारो हट्छ बिना जवाफ नै सवालको समाधान आउछ । ठिक त्यस्तै मौन पनि मनुष्यको जीवनको दियो हो, मौन त्यस्तो दियो तथा प्रकाश हो जसले मनुष्यको सांसारिक जीवनका हरप्रकारका अध्याराहरु स्वतः हटाइदिन्छ । संसारमा लिप्त, अरुप्रति परनिर्भर, तरम असन्तुलित तथा अव्यवस्थित भोगोन्मुख जीवनशैलीमा चुर्लुम्म डुबेर संसारको भिडभाडमा रहेर पनि एक्लो महसुस गर्दै तनाव, चिन्ता, विषाद, अवसादमा फसेर जीवन र आफू स्वयंमबाट दुर भैरहेको तथा जीवनको बाटो बिराएको मनुष्यलाई वास्तविक मौन साधनाले विस्तारै आफूभित्र फर्काएर उसको जीवनका यस्ता चुनौति तथा समस्याहरुको जवाफ सहित समाधन गरिदिन्छ । मौन साधनाको सकारात्मक प्रभावका कारण संसारमा मेरो केही छैन, मेरो कोही छैन, म स्वयं नै मेरो हुँ हरप्रकारले, मेरोलागि केवल म हुँ तथा म छु भन्ने बुझाई तथा महाज्ञान मनुष्यको अन्तरहृदयमा क्रमशः प्रष्फुटित भएर आउछ । यसका साथै मौनको दिव्य प्रकाशले मनुष्यको मन तथा भावका कुना–कुनामा लुकेर बसेका फोहरमैला रुपि अनावश्यक अहंकार, अपेक्षा, तृष्णा, भ्रम, भूल, अज्ञान, पिडा, कष्ट, असन्तुष्टी, अस्वीकारहरु आदि सबैलाई प्रकाश देखाएर सफा गर्न मद्धत गर्दछ र यी सबै असहजताहरुबाट सदाकालागि मुक्ति दिलाउछ । मनुष्यको अज्ञानतावस उसको निर्दोष जीवनले स्वस्फुर्त रुपमा गरेका सवालहरुका सन्दर्भमा मौनबाट जेजे जवाफहरु आउछन् ती सबै ब्रम्हाण्डले एउटा सिद्ध साधकलाई प्रदान गर्ने सबैभन्दा मूल्यवान र महत्वपूर्ण उपलव्धिहरु हुन् । मौनको प्रज्वलित अग्निमा मनुष्यका सबैप्रकारका विकार क्लेश, अहंकारहरु जल्छन् र यसपश्चात मनुष्यमा निस्प्रयास मौन घटित हुन्छ र अव बल्ल आत्माको मुक्तिको प्रक्रिया प्रारम्भ हुन्छ, उसका जीवनका सबै सवालहरुको जवाफ मौनमा भेटिन्छन् र विस्तारै उसको जीवन सामान्य, सहज, सरल, समृद्ध, सफल, सन्तुलित, व्यवस्थित र सुख, खुशी, शान्ति, आनन्दले भरिएको बन्दै जान्छ । 



अहंकार र निस्प्रयास प्रयास मौनको वास्तविकता

निस्प्रयास मौन साधनामा प्रष्फुटन भएको परमात्माको महाप्रकाशको प्रभावले सर्वप्रथम साधकका सकैप्रकारका अहंकारलाई तोड्दछ, अहंकार तोडिएपछि बल्ल साधकको आत्मा अर्थात चेतनामा लागेको भ्रमको पर्दा खुल्छ र भ्रमको  पर्दाले छोपिएका सबैकुरामा प्रकाश पारिदिन्छ र साधक सबैकुराहरु प्रष्ट रुपमा देख्न सक्ने र आफैं भ्रम हटाउने प्रयत्न गर्न सक्षम हुन्छ । अहंकारले म, मेरो, मैले, मलाई भन्ने भावलाई बढावा दिन्छ तर मौनले अहंकारको क्रुर भावलाई पगाल्छ । निस्प्रयास मौैनको प्रज्वलित अग्निमा अहंकारको क्रुरता पग्लेपछि साधकमा आत्मवोध र आत्मज्ञान फलित हुन थाल्छ तवबल्ल साधकमा वास्तविक आध्यात्मिक साधनाको यात्रा प्रारम्भ हुन्छ । जव म, मेरो, मैले, मलाई भन्ने भाव बाँकी रहन्न त्यो अवस्था नै वास्तविक निस्प्रयास मौनको अवस्था हो किनकी यहाँ ‘म’ भन्ने नै केही पनि छैन, सबै शुन्य छ, सबै परमात्मामय छ, परमात्मा शुन्य हो, तर त्यही शुन्य नै पूर्ण हो किनकी सबैतिर परमात्मा छ उसको महाप्रकाश र महाशक्तिको अदृश्य तरंगको रुपमा । आँखाले देखिने भौतिक संसार पूर्ण मानिन्छ तर वास्तविकतामा यो शुन्य हो यहाँ केही पनि हामीले देखेजस्तो छैन, ठोस तरल, ग्यास केहीपनि छैन, यो सबै भ्रम हो, वास्तविकतामा सबै परमात्माकै महाप्रकाश तथा महाशक्तिको तरंग हो जो अदृश्य छ तर शाश्वत सत्यस्वप अस्तित्वमा छ ।


जव ‘म’ बाँकी रहदैन तव मेरो, मैले, मलाई भन्ने भाव स्वतः हराउछ र यो अवस्था नै वास्तविक निस्प्रयास मौनको महत्वपूर्ण उपलव्धि हो । किनकी यहाँ म मेरो, मैले मलाई भन्ने केही क ुरा केही छदैछैन, सबै हाम्रो छ, सबैमा सबै छन् र पुरै ब्रम्हाण्ड नै एक छ, अद्वेत छ तसर्थ ‘म’ भन्नु एउटा भयानक भ्रम हो जसले मनुष्यमा चरम अहंकार बढाइरहेको छ र उसलाई जीवन र आफू स्वयंबाट पछाडितिर धकेलिरहेको छ । वास्तवमा अहंकारको यस्तो भ्रमबाट वाहिर आउन त्यति गाह्रो छैन, यो भ्रम दुर गर्न मौन साधनाले सबैभन्दा सजिलो तरिकाले मनुष्यलाई सहजता प्रदान गर्दछ । जव मनुष्य मौन साधनाको गरिराइमा डुब्दै जान्छ तव उसलाई स्वस्फुर्त रुपमा ज्ञान हुदै जान्छ कि उसको शरीर, मन, भाव प्रकृतिको पंचतत्वबाट निर्मित भएको प्रकृतिको अभिन्न अंश हो र उसको आत्मा अर्थात चेतना पुरुष अर्थात परमात्माको अभिन्न अंश हो जो शरीरको आयु पुगेर मृत्युवरण गरेपछि ब्रम्हाण्डको त्यही एउटै महाशक्ति परमात्मा अर्थात अस्तित्वमा मिसिन्छ तथा बिलिन हुन्छ, तसर्थ ‘म’ भन्ने कुरा ब्र्रम्हाण्डमा कहीं, कतै केहीपनि छैन । मनुष्य तथा सृष्टिका हरेक प्राणी, वनस्पति तथा पदार्थहरु प्रकृति र पुरुषको जोड तथा संयोगबाट निर्मित भएका स्वयं परब्रम्ह अर्थात परमात्माका अभिन्न अंश हुन् तसर्थ यहाँ मेरो शरीरको स्वरुपमा दृश्यमा प्रकृति छ जो ‘म’ होइन र अदृश्यमा आत्माको रुपमा पुरुष तथा परमात्मा छ त्यो पनि ‘म’ होइन, ‘म’ त विराट स्वरुप परमात्माको अतिसुक्ष्म एक अंश ‘आत्मा अर्थात चेतना’  हुँ । यही परमात्माको अंश आत्मालाई म, मेरो, मैले, मलाई भनेर अहंकारवस भ्रममा रहेर आफ्नो स्वामित्व नै नरहेको कुरामाथि अनावश्यक रुपमा अधिकार जमाएर आफू र अरुलाई समेत सताएर कष्टपूर्ण जीवन बाचिरहेको छु र अरुलाई पनि यस्तै कष्टपूर्ण जीवन बाँच्न बाध्य गराइरहेको छु आफ्नो अज्ञानताको कारणले भन्ने बुझाइ स्पष्ट रुपमा साधकको मन, भाव, हृदयमा ीवस्फुर्त रुपमा प्रष्फुटन भएर आउछ र यसपश्चात उ प्रकृतिले तय गरेको प्राकृतिक नियम अनुसार चल्ने सामान्य जीवनमा फर्कन्छ, प्रकृतिको अंशको रुपमा आफू तथा जीवनलाई स्वीकार गर्दछ । 

 निस्प्रयास मौन अन्तर्गत बाँकी शिर्षकहरु (सम्पादनको चरणमा रहेको)
@विरक्तता र वैराग्यताबाट घटित हुन्छ निस्प्रयास मौन 
@सांसारिक दृष्टिकोणमा मौन साधना
@आध्यात्मिक दृष्टिकोणमा मौन साधना  
@निस्प्रयास मौनले आफैंसंग साक्षतकार गराउछ
@एक्लोपन मौनमा प्रवेश गर्ने अमूल्य अवसर
@मौनबाट नै हुन्छ ब्रम्हाण्डि यात्रा 
 



छिट्टै(सम्पादनको चरणमा रहेको)

मौनका उपलव्धिहरुः सांसारिक र पारमार्थिक

मौनका प्रक्रिया तथा विधिहरुः सामान्य विधि र योगीक विधि